निजगढ । निजगढ नगरपालिकामा सरकारी योजनाकै कामहरुमा महिलाहरु माथि विभेद भई रहेपनि नगरपालिकाले समान कामको समान ज्याला लागू गर्न नसकेको आरोप लागेको छ । पुरुष मजदुरले आठ सय पाउदा महिलाले भने ४–६ सय मात्रै पाउने गरेको आरोप उनीहरुले लगाएका छन् ।
निजगढ नगरपालिकामा सञ्चालित नगरपालिका तथा सरकारी योजनाकै कामहरुमा समान कामको समान ज्याला पाउन नसकेको महिला मजदुरकर्मीहरुले आरोप लगाएका छन् । उनीहरुले निजगढ र बारा मात्र हैन सबैतिर यो समस्या रहेको बताउदै समाधान गर्नको सट्टा विभिन्न दिबश , सडक नाटक र विबिध कार्यक्रम गर्दै राज्यको ढुकुटी सक्ने काम मात्र हुने गरेको आरोप महिला मजदुरकर्मीहरुले लगाएका छन् ।
महिला मजदुरकर्मीहरुले राज्यका उपल्लो तहमा बसेकाहरुले हामी मजदुरको समस्या सुनेको र देखेकै छैन । हैन भने सरकारी काममा समेत हामी महिलाहरुलाई पुरुष सरह समान ज्याला पाउने नगरेको महिला मजदुरकर्मी सुनिता चौधरीले बताईन । निजगढ नगरपालिका अन्र्तगत शहिदमार्गको सडक पक्की र नाला निर्माण भईरहेको काम गरी रहेकी सुनिताले तरकारी एक किलोको १२० भन्दा बढी छ तर ज्याला भने १० बर्ष अघिकै छ । कसरी यो महगीमा घर चलाउने धेरै समस्या छ । एक त समान ज्याला छैन अर्को कम छ । उनले सरदर अहिले बिहान ६ बजे देखि साँझ छ बजेसम्म खटनु पर्छ । दिनको छ सय पाउने गरेको बताईन । त्यही काममा पुरुषलाई भने आठ सयसम्म पाउने गरेको उनीहरुले बताए ।
बोल्न र नाम बताउन नचाहने महिला मजदुरहरुले राज्य र नगरपालिकाको काम गराउने ठेकदारहरुले महिलाहरु माथि विभेद भएपनि ठेकदारकै पक्ष लिने गरेको आरोप लगाए । एक त गरिबहरुको समस्यामा चासो नै दिदैनन । अर्को ठेकदारहरुसग मिलोमतो गरेकाले मजदुरको भन्दा ठेकदारकै कुरा सुन्ने गरेको बताए । क्यामेरामा बोल्न नचाहने ती महिलाहरुले बोले भोली देखि काम नै नपाउने गरी हटाउने भएका कारण कसले बोल्छ उनीहरुले तर्क गरे ।
लाखौ खर्च गरेर र राज्यले सरकारी विदा दिएर नारी दिबस मनाए पनि आफुहरुलाई नारी दिबश केहो जानकारी समेत नभएको बताए । नगरपालिकाले ठेकदार सबैलाई भेला गरेर समान कामको समान ज्याला लागू, समय अनुकुल मजदुरहरुको ज्याला निर्धारण, महिला विभेद नगर्ने ग्यारेन्टी जस्ता न्युनतम काम गर्न नसक्ने नगरपालिका होस वा सरकारले दिबस मनाउनुको र विदा दिनुको कुनै अर्थ छैन । सरकारले विदा दिएपनि हामी हाम्रो काम नगरे भोकै बस्नु पर्छ ।
पुरुष मजदुर महेन्द्र यादबले भने महिलाको ज्याला कमी भएपनि काम गर्न तयार भएका कारण ज्याला समान नपाएको बताउनुहुन्छ । मजदुरको दर समयअनुकुल तय गर्न , महिला पुरुषको काम एकै ज्याला हुनु पर्ने भएपनि नभएको बताए । उनले पुरुष सरह अझ पुरुष भन्दा महिलाले बढी काम गर्ने गरेको बताए ।
यता घर निर्माण गरी रहेकी अर्की महिला मजदु्रकर्मी शसिल यादबले महिला मजदुरहरुलाई दिनको पाच सय पाउने गरेको बताईन । सरकारी काममा केही बढी पाउने गरेको भएपनि ठेकदारहरुले एउटै काममा पुरुषलाई आठ सय र महिलालाई पाँच सय मात्र ज्याला दिने गरेको बताइन ।
राज्यबाटै अन्यायमा छन मजदुरहरु
त्यसो त मजदुरहरु राज्यबाटै पिडित बन्दै आएको छन । जिल्ला दररेट समितिले दक्ष मजदुर मिश्रीको रु ८५० दररेट तोकोको छ । जबकी बजारमा एक हजार भन्दा कममा मिश्री पाईदैन । तरपनि जिल्ला दररेट समितिले १० बर्ष अघिदेखिकै दररेट कायम गरेर सयम अनुकुल ज्यालाको दर कम गरेको छ । त्यस्तै अदक्ष मजदुरको रु ६५० जिल्ला दररेट समितिले तोकेको भएपनि बजारमा पुरुषले भने आठ सयसम्म पाएका छन भने महिलाले तोकेको दर समेत पाएका छैनन । महिलाले पाच सय पाउदै आएका छन् ।