निजगढ । खानेपानी मन्त्री उमाकान्त चौधरीले निजगढ नगरपालिकाले बिकासको क्षेत्रमा उल्लेखनीय उपलब्धी प्राप्त गरेको बताउनु भएको छ ।
निजगढ नगरपालिकाले मंगलबार आयोजना गरेको नगर सम्मान कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नेपाली कांग्रेसका सह महामन्त्री समेत रहेका मन्त्री चौधरीले राजनीतिक दलहरुबीच बिकास निर्माणका काममा सहकार्य गर्नु पर्ने बताउनु भयो ।
मन्त्री चौधरीले स्थानीय स्तरको बिकासको लागि स्थानीय नागरिकको माग बमोजिम आफु सहयोग गर्न तयार रहेको बताउनु भयो । खानेपानी मन्त्री भएपछी आफुले सर्व सुलभ रुपमा नागरिकले खानेपानीको उपभोग गर्न पाउन भन्ने ऊद्धेश्य अनुरुप काम गरिरहेको बताउनु भयो ।
कार्यक्रममा पुर्व जनप्रतिनिधिकारुपमा पुर्व सासद एवम पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, पुर्व गाबिस अध्यक्षहरु, राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्यसचिव तथा वरिष्ठ कलाकार युवराज लामा, अन्तराष्ट्रिय तेक्वान्दो खेलाडी यान कुमारी चौलागाई, गायक रामकृष्ण ढकाल, शहिद परिवार, पुर्व जनप्रतिनिधि, खेलाडी, दोश्रो जन आन्दोलनका घाईतेहरु , समाजसेवी लगायत बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा निजगढका नगरप्रमुख सुरेश कुमार खनालले संघीय सरकार र प्रदेश सरकारले निजगढलाई विभेद गरेको भएपनि निजगढले बिकास निर्माणमा अघि बढ्न सफल भएको बताउनुभयो । नगर प्रमुख खनालले निजगढलाई थप बिकसित र समृद्ध र बनाउन आफु थुप्रै योजनाकासाथ अघि बढेको बताउनु भयो ।
नगर सम्मान कार्यक्रममा पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, मधेश प्रदेशसभा सदस्य त्रिलोकी चौधरी, भुमि सम्बन्धि समस्या आयोगका पुर्व अध्यक्ष देवी ज्ञवाली, निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनाल, प्रमुख प्रशाशकिय अधिकृत सुमन कुमार कार्की लगायतले सम्बोधन गरेका थिए ।