सालको काठ सहित दुई मानिस पक्राउ

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.4k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नं. ६ अधनवा बजार स्थित अनिषा समिल तथा फर्निचरमा सरकारी बनक्षेत्रबाट अवैध रुपमा ल्याएको सालको काठ सहित दुई मानिस पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट प्रहरी सहायक निरिक्षक धनिकलाल ठाकुरको नेतृत्व र सब डिभिजन बन कार्यालय कोल्हवी, सशस्त्र प्रहरी बल कोल्हवीबाट संयुक्त रुपमा गएको टोलीले झ्याल ७ थान, ढोका २ थान, चौकस १२ थान, गोलाई ४ थान र चिरेको काठ ६ थान गरी जम्मा ६२.१५ क्युफिट सालको काठ सहित दुई ब्यक्तीलाई नियन्त्रणमा लिएको हो ।

रौतहट गुजरा नगरपालिका ७ पल्टुवा निवासी ३२ को कुन्दन चौधरी र डुमरिया बस्ने बर्ष २४ को राम सागर साह रहेका छन ।

शेयर
प्रतिक्रिया
Skip to content