निजगढ । ईलाका प्रहरी कार्यालय बारागढी बारा बाट प्रहरी निरिक्षक उमाशंकर प्रसादको कमाण्डमा मंगलबार साझ खटिएको प्रहरी टोलीले अबैधरुपमा संचालन गरेको घरेलु मदिरा बनाउने भट्टी, तयारी मदिरा कच्चा पदार्थ नष्ट गरेको छ ।
बारागढी न.पा. २ दौर्वामा ४ वटा भठ्ठी , वडा नं. २ बिसुनपुर्वामा ३ वटा भठ्ठी, पचरौता न.पा. ८ मा २ वटा भठ्ठी गरी ९ भट्टी नष्ट गरेको प्रहरीले जनाएको छ ।
सबैमा गरी ५० लिटर तयारी मदिरा, ८५० लिटर कच्चा पदार्थ र ३ मेसिन र भाडा बर्तनहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।