निजगढ । बारामा एकै दिन दुई छुट्टाछुट्टै मोटरसाईकल दुर्घटनामा तीन गम्भिर घाईते भएका छन् । बारा जिल्लाको महागढीमाई न.पा. ६ स्थित थलही पुलमा मोटरसाईकल दुर्घटना हुदा एक गम्भिर घाईते भएका हुन् ।
मंगलबार राती भएको कलैयाबाट लङ्गडा चौक तर्फ जादै गरेको बा.३९ प. ५७१४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पुलमा ठोकिदा चालक बारा महागढीमाई ११ मधुरी बस्ने बर्ष ३५ को दिपक प्रसाद कुशवाहा पुलबाट ।
२५ मिटर तल खसी गम्भिर घाईते भएका हुन । गम्भिर घाईते कुशवाहालाई उपचारको लागि कलैया अस्पतालमा ल्याईएकोमा थप उपचारको लागि न्युरो अस्पताल बिरगंज रिफर गरिएको,अवस्था गम्भिर र बायाँ हात र दुबै खुट्टा भाचिँएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
त्यसैगरी प्रसौनी गाउँपालिका १ स्थित बेगा स्कुल अगाडी बिरगन्ज कलैया सडक खण्डमा बिरगन्जबाट कलैया तर्फ जादै गरेको प्रदेश२–०३–००६ प ९९६६नं. को मोटरसाईकल बिपरित दिशा तर्फ बाट आउदै गरेको ना २७ प ८०३४ नं.को मोटरसाईकललाई ठक्कर दिदाँ दुई गम्भिर घाईते भएका छन् ।
बिरगंज म.न.पा. १६ नगवा बस्ने बर्ष २१ को बिकेश रौनियारको दाहिने हात फ्याकचर भएको छ भने पछाडी सवार ऐ. बिरगंज म. न. पा. ६ गहवा बस्ने अं. बर्ष १९ को रोशन कुमार कुम्हालको दुबै खुट्टा फ्याकचर भएको हो ।
दुबै जनालाई उपचारको लागी बिरगन्ज स्थित भवानी हष्पिटलमा लगिएको प्रहरीले जनाएको छ । दुबै मोटर साईकल र ९९६६ नं. को चालक बिरगंज २४ बस्ने वर्ष २९ को मनिष सरार्फ ईलाका प्रहरी नियन्त्रण प्रसौनी बाराको नियन्त्रणमा रहेको जनाईएको छ ।