कलैया । नेपाली कांग्रेस बाराको १४ औँ अधिवेशनअन्तर्गत बारा जिल्लामा पार्टीको नयाँ नेतृत्व चयनका लागि आज ९ ः ४० बजेबाट पुनः मतदान शुरु भएको छ ।
कलैयाको ३ चन्द्र माध्यमिक बिधालयमा ५ बजे सम्म मतदान हुने नि. जिल्ला निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताएका छन् ।
उनका अनुसार यस अघि खटाईएका मतदान अधिकृत अरुनै राखेर र सुरक्षा ब्यवस्था कडा पारेर निर्वाचन हुन लागेको हो । अधिवेशनमा सभापति पदका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संस्थापन पक्षबाट शम्भु बहादुर बुढाथोकी र राजेशराय यादवले उम्मेदवारी दिएका छन् भने इतरका शेखर कोईराला पक्षबाट रामानन्द यादवले उम्मेदवारी दिएका छन् ।
काँग्रेस बारामा कुल २ हजार ४ सय ८० मतदाता रहेको छ । ७ पदाधिकारी सहित ८० जनाको कार्यसमितिको लागि २ सय ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मतदान सकिए लगत्तै मतगणना आजै हुने निर्वाचन समितिले जनाएको छ ।
नेपाली काङ्ग्रेस बाराको कुल ८० पदका लागि आज बिहिबार उम्मेदवारी दर्ता हुदै