काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै उच्च मूल्यमा पुगेर नयाँ रेकर्ड बनाएको छ ।
सुनको मूल्य एकैदिन २ हजार ५०० रुपैयाँले बढेर सुनको मुल्य बुधबार एकै दिन २५ सयले बढेर एक लाख ५ हजार ५ सयमा पुगेको छ । मंगलबार १ लाख ३ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो समय रुस र युक्रेनको द्वन्द्वका कारण सुनको मूल्य दैनिक रुपमा बढ्न थालेको छ । डलरको मूल्य महँगो हुँदा समेत सुनको मूल्य महँगिदै गएको हो ।