काठमाडौँ । नेपाली कांग्रेसले निकट भविष्यमै हुन गईरहेको स्थानीय तहको निर्वाचनमा एक महिने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय नेताहरुलाई प्रतिनिधिका रुपमा खटाएको छ ।
मंगलबार केन्द्रीय कार्यालयले नेताहरुलाई केन्द्रीय प्रतिनिधिकारुपमा जिल्ला जिल्लामा गएर अभियानमा सहभागी हुन खटाएको हो । बारामा कांग्रेसको चुनाव लक्षित अभियान फागुन २९ गतेबाट सुरु गर्न केन्द्रिय सदस्य जाबेदा खातुन जावालाई खटाएको छ ।
नेपाली काग्रेसले आजै पत्रकार सम्मेलन गरेर पार्टीलाई निर्वाचनमुखी बनाउने भएका छन् । ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा हुने पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवा भने नजाने भएका छन् । काग्रेस पदाधिकारीहरुले स्थानीय तहको निर्वाचनका लागि पार्टीले गर्न लागेको चुनावी अभियानको बारेमा जानकारी दिनुहुने कांग्रेसले जनाएको छ ।
पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय भएको छ । सरकारले २०७९ बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । कांग्रेसले यहि फागुन २९ गतेबाट चैत २९ गतेसम्म ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ भन्ने अभियान संचालन गर्दैछ । पत्रकार सम्मेलनमा पार्टीका उपसभापतिहरू, महामन्त्रीहरू लगायतका नेताहरुको उपस्थिति रहनेछ ।