बारा — नेपाली कांग्रेस बाराको आज बुधबार भएको १४औं जिल्ला अधिवेशन अन्र्तगतको मतदान सम्पन्न भएको छ ।
२४९३ मतमध्ये कति मत खस्यो भनेर निकाल्ने तथा मत पेटिका शिल गर्ने काम भई रहेको नि. जिल्ला निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताउनु भयो । निर्वाचनमा कुल मध्ये २३९९ मत खसेको छ । निर्वाचन अधिकृत उप्रेतीका अनुसार खानपिन गरेर ढिलोमा १० बजे भन्दा अघिदेखिनै मत गणना शुरु गर्ने गरी तयारी भईरहेको बताउनु भयो । चार स्थानमा मत गणना गर्ने तयारी भईरहेकाले १२ बजे यतै सभापतिको मतगणना सम्मन हुनसक्ने बताईएको छ ।
त्रिपक्षीय प्यानल बनाएर बारामा सभापति पदका प्रतिस्पर्धा भईरहेको छ । नेपाली काग्रेस बाराको निर्वाचन पटक पटक सरेका कारण उम्मेदबारहरुको ठुलो रकम खर्च हुदै आएको छ । लामो समयदेखि भड्किलो र खर्चिलो प्रचार हुदै आएको थियो ।
संस्थापन पक्षबाट शम्भुबहादुर बुढाथोकी र राजेश राय यादब उम्मेदवार छन् । यसैगरी शेखर कोइराला र कृष्ण सिटौलाको समूहबाट रामानन्द यादवले सभापति पदमा उम्मेदवारी दिएका छन् ।
बुढाथोकीको पक्षमा सहमहामन्त्री फरमुलाह मंसुर र रामानन्द यादवको पक्षबाट अर्का सहमहामन्त्री उमाकान्त चौधरी छन् भने राजेशराय यादबको पक्षमा राधेचन्द्र यादब र शोभाकर पराजुली लगायतका छन् । ८० पदका लागि त्रिपक्षीय प्यानलबाट सभापति सहित पदाधिकारी र सदस्यहरूमा २ सय २७ जनाको उम्मेदवारी परेको छ ।