काठमाडौँ । भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्लाले छिट्टै नेपाल र भारत छिट्टै दुई वटा रेलमार्गबाट जोडिने बताएका छन् । ‘रेलमार्गका कारण दक्षिण एसियाको भूगोल द्रुत गतिमा आपसमा निकट भइरहेका उनले बताएका छन् ।
छिट्टै नेपाल र भारत दुई वटा रेल लिंक र बंगलादेश र भारत ६ वटा रेल लिंकबाट जोडिने बुधबार लालबहादुर शास्त्री एकेडेमीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो बताएका हुन । रेलमार्गले दुई देशलाई अझ निकट बनाउने उनले बताए । भारतीय विदेश सचिव श्रृङ्लाले छिमेक पहिलो नीतिलाई भारतले उच्च प्राथमिकता दिएको समेत बताए ।
यसैकारण नेपाल, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, म्यानमार, पाकिस्तान र श्रीलंकालाई उच्च प्राथमिकतामा राखिएको उनले बताए ।