कलैया । नेपाली काग्रेस बाराको जिल्ला अधिबेशसनको जारी मत गणनाको प्रारम्भिक नतिजामा शम्भु बहादुर बुढाथोकीको अग्रता रहेको छ । अहिलेसम्म क्षेत्र नं. १ र २ को मत गणनामा १०० मतले अग्रता कायम गरेका छन ।
दोश्रोमा राजेश राय यादबले पछयाई रहेका छन् । दुवैमा कुल खसेको मत १३०१ रहेकोमा शम्भु बहादुर बुढाथोकीले ५११, राजेशराय यादवले ४११ र रामानन्द यादवले ३५८ मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्बर १ मा मात्र खसेको कुल मत ६२७ मध्ये शम्भुबहादुर बुढाथोकी ३२१, रामानन्द यादव २३२ र राजेश यादब ले ६६ मत प्राप्त गरेका हुन । एकमा बदरमत ५ र ३ कमी रहेको बताईएको छ ।
क्षेत्र नम्बर २ मा खसेको कुल मत ६७४ मा शम्भुबहादुर बुढाथोकी १९०, राजेशराय यादव ३४५ र रामानन्द यादवले १२६ मत प्राप्त गरे । बदर मत ४, कमी मत ९ रहेको निर्वाचन समितिले जनाएको छ ।