नेपाली काग्रेस बाराको मत गणना सम्पन्न राजेश राय यादब पहिलो ,यादब र शम्भु बुढाथोकीबिच फेरी प्रतिस्पर्धा

तराइ संचार
तराइ संचार 905 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान । गुरुप्रसाद गौतम

कलैया । नेपाली काँग्रेस बाराको हिजो सम्पन्न निर्वाचनको सभापति पदको नतिजा सार्वजनिक भएको छ । कुल २४ सय ९३ मतदाता रहेकोमा जम्मा २४ सय मत खसेको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेर्तीले जानकारी दिनुभयो ।

सभापति पदका का उम्मेदवार राजेशराय यादवले ८ सय ३३ मत सहित पहिलो भएका छन भने शम्भुबहादुर बुढाथोकी ८०९ मत सहित दोस्रो भएका छन् । रामानन्द यादव ७०८ मत सहित तेस्रो स्थान ल्याउन सफल भएको छन ।

२८ मत भने बदर भएको निर्वाचन अधिकृत उप्रेर्तीले भन्नुभयो । ५१ प्रतिशत मत कसैले ल्याउन नसकेपछि अब दोश्रो चरणमा राजेश राय यादब र शम्भु बुढाथोकीबिच प्रतिस्पर्धा हुने भएको छ ।

हुदा तेस्रो स्थानमा रहेको रामानन्द यादव निर्वाचनबाट बाहिरिएका हुन भने दोस्रो चरणमा पहिलो भएको यादव र दोस्रो भएका बुढाथोकी बिच निर्वाचन हुने भएको छ । बिहिवार दुई उम्मेदवारहरु बिच छलफल भई मिति तोक्ने निर्वाचन अधिकृत उप्रेर्तीले जानकारी दिनुभयो ।

सम्भवत फागुन २७ गते नै निर्वाचन गर्ने गरि छलफल अगाडी बढाउने निर्वाचन अधिकृतको भनाई रहेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content