कलैया । सवारी दुर्घटनामा बारा जिल्लाको बारागढी गा. पा. वडा नं. ५ सिहांसनी निवासी एकको मृत्यु भएको छ । मलाहीबाट सिहांसनी तर्फ जादै गरेको प्रदेश नं. २–०३–०१८ प ८३३७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाँदा गम्भिर घाईते भएका थिए । मृत्यु हुनेमा मोटरसाईकल चालक सोही ठाँउ निवासी बर्ष २७ को कमलेश चौधरी रहेका छन् ।
गम्भिर घाइते भई उपचारको लागि कलैया अस्पताल तर्फ पठाईएको भएपनि चौधरीको उपचारको क्रममा बुधबार रातीनै कलैया अस्पतलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।