बारामा दुई आगलागिका घटना एक घाईते पाँच लाख बराबरको क्षति

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 880 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । बारामा एकैदिन दुई आगलागिका घटना हुदा एक घाईते भएका छन् । बारा जिल्ला बारागढी गाउँपालिका वडा नं. २ मलाहीमा आगलागि हुदा पाँच लाख बराबरको क्षति भएको छ । राकेश जयसबालको घरमा सटर भाडा लिई जिल्ला बारा महेन्द्र आदर्श कोतवाल ५ का बर्ष २४ को गोपीचन मालीले ओम पंन्चर वर्क सप संचालन गरेको वर्क सपमा अचानक अगलागी हुदा सो क्षति भएको हो ।

आगलागी ईलाका प्रहरी कार्यालय बारागढीको प्रहरी, स्थानिय र दमकलको सहयोगमा बधबार राती करिव ११ बजेको समयमा आगो पुर्णरुपमा नियन्त्रण आएको प्रहरीले जनाएको छ । आगलागी बाट वर्कसप भित्र रहेको टायर, टयुब र स्पेयर पार्टसहरु जलेर पुर्णरुपमा क्षति भएको हो ।

  यसैगरी बारा जिल्ला जितपुरसिमरा ११ खैरवा बस्ने ४० बर्षको श्रीराम चौधरीको घरमा भएको आगलागिमा एक घाईते सहित मोटरसाईकल जलेर नष्ट भएको छ ।

जितपुरबाट ना. ५१ प. ८८९३ नं. साईन मोटरसाईकल चलाएर ल्याई घरभित्रको प्यासेजमा राखेर खाना खानको लागि बसेको बेला अचानक उक्त मोटरसाईकलमा आगो लागि जलेर पूर्ण रुपमा नष्ट भएको र श्रीराम चौधरीको बाया हातको छाला पोलेको प्रहरीले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content