कलैया । आफ्नो पार्टी सरकारमा सहभागि भएर मधेशका मुद्दालाई स्थापित गर्ने प्रयास गरिरहेको जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले बताए । यादबले मधेशलाई कृषि उत्पादनबाटै आर्थीक रुपमा समृद्ध बनाउन सकिने बताए ।
बारा जिल्लाको पचरौता नगरपालिकामा १५ शैयाको नगर अस्पतालको शिलान्यास गरेका यादबले उपप्रधान एवं स्वास्थ्यमन्त्री भएका बेला आफैले सिफारिस गरेको अस्पताल बुधबार नगरपालिकामा आयोजित विशेष कार्यक्रमका विच जसपा अध्यक्ष यादवले अस्पतालको शिलान्यास गरेका हुन् ।
यादवले आफु पारेको योजनाको आफैंले शिलान्यस गर्न पाएकोमा खुशि ब्यक्त गरे । विशेष परिस्थीतिमा बनेको बर्तमान सरकारले जनताका समस्या समाधान गर्ने प्रयास गरिरहेको बताए । पूर्व उप्रधानमन्त्री यादवले विश्वले कोरोना महामारीको सामाना गर्दै देशलाई पुनः गतिशिल ढंगले अगाडी बढाएको बताए ।
कार्यक्रममा एमाले कांग्रेस लोसपा लगायत दल परित्याग गरेका करिब १ हजार जनालाई जसपा अध्यक्ष यादवले टिका लगाएर पार्टीमा स्वागत समेत गरेको जनाईएको छ ।
कार्यक्रममा संघिय सरकारका वनमन्त्री रामशहाय यादव, साँसद रामबाबु यादव, राष्टियसभा सदस्य खालिद सिद्धिकी, मधेस प्रदेश सरकारकी अर्थ राज्यमन्त्री उषा कुमारी यादव, प्रदेश सभा सदस्य पारस साह , बच्चा राउत अहिर र पचरौता नगरपालिका मेयर रमेश कुमार यादव लगायतले सम्बोधन गरेका थिए ।