कलैया । नेपाली काग्रेसका सहमहामन्त्री एवम सिचाई मन्त्री उमाकान्त चौधरी बारा काग्रेसको सभापति पदमा कसलाई ल्याउने भन्ने किङमेकर बनेका छन् ।
दुवै संस्थापन समूहका उम्मेदबारबिच बारा काग्रेसको प्रतिस्पर्धा हुने भएपछि सभापतिमा कसलाई बनाउने भन्ने निर्णायक बनेका मन्त्री चौधरीले जसलाई समर्थन गर्छन उही बारा काग्रेसको सभापति बन्ने निश्चित छ ।
मन्त्री चौधरीले सभापतिमा प्रतिस्पर्धा गरेका ३ नं. क्षेत्रका तथा कलैया उप महानगरपालिकाका नगर प्रमुख राजेश राय यादब छान्छन वा आफनै क्षेत्र १ नं. का नेता शम्भु बुढाथोकी छान्छन सबैमा चासोको बिषय छ । मन्त्री चौधरी र तेश्रो भएका रामानन्द यादब र शेखर समुहको आजै केहि समय पछि अबको कस्तो धारणा बनाउने र कसलाई समर्थन गर्ने भन्ने बारेमा आन्तरिक बैठक बस्ने तयारी भईरहेको मन्त्री निकट नेता कार्यकर्ताले बताएका छन् ।
पहिले अबको निर्वाचन कहिले गर्ने भन्ने बारेमा निर्वाचन समिति र सभापतिका उम्मेदबारबिच बैठक बसी निर्वाचनको मिति तय गरिने तयारी भईरहेको बताईएको छ । नेपाली काग्रेसका सभापति एवम प्रधानमन्त्री शेर बहादुर देउवा बिरगन्ज आएका छन् ।
बाराका नेताहरु प्रधानमन्त्री देउवा भेट्न बिरगन्ज गएका छन् । के प्रधानमन्त्री देउवाले बाराका आफनै समूहका दुवै उम्मेदबार राखेर मिलाउछन वा जो आएपनि आफनै आउने हो भनेर यत्तिकै छाडिदिन्छ सबैको चासोको बिषय छ । यस बारेमा मन्त्री चौधरीलाई सम्पर्क गर्न खोज्दा सम्र्पक ह’न सकेन ।