नेपाली काग्रेस बाराको सभापति पदमा को बन्छ भन्ने चासो सबैमा छ । दोश्रो चरणमा संस्थापन देउवा समूहका दुवै राजेश राय यादब की शम्भु बुढाथोकी भन्ने बिषयको निर्णय रामानन्द यादबको प्यानलले गर्ने निर्णयमा भर पर्छ । यही बिषयमा रहेर रामानन्द यादबको प्यानलका नेपाली काग्रेस बाराका सचिब पदका उम्मेदबार समेत रहेका युवा नेता राजेश रौनियारसगको कुराकानीको सार संक्षेप
अब के हुन्छ नेपाली काग्रेस बारा सभापतिको निर्वाचनको ?
– अहिले हामी आआफनो क्षेत्रमा छलफल गरी रहेका छौ । आफनो क्षेत्रको सरसल्लाह सकेर साझ सम्म ४ बटै क्षेत्रको बैठक बसी निर्णय गरेर मत प्रयोग गर्छौ । हामी जहाँ जुन टिमलाई सहयोग गर्छौ खुलेर निर्णय गरेर सबै एक ठिक्का भएर जान्छौ । हाम्रो समूह विभक्त छुटिएर जादैनौ । हाम्रो लागि एकातिर खाडल छ अर्को तर्फ पहाड छ जसलाई भएपनि गर्नै पर्ने भएपछि एउटालाई निर्णय गरेरनै गर्छौ ।
– सम्भावना के छ ?
हाम्रो समुहमा दुई किसमको मनो विज्ञान छ । एउटामा शम्भु बहादुर बुढाथोकी र अर्को राजेश राय यादबलाई समर्थन गर्नु पर्छ । १ नंं. र ३ नं. क्षेत्रको दबाब राजेश राय यादबलाई समर्थन गर्नुपर्छ । २ र ४ नं. क्षेत्रको दबाब शम्भु बहादुर बुढाथोकीलाई भन्ने छ । अहिलेसम्म हामीले कसलाई भनेका छैनै । जता लागेपनि एकैतिर लाग्ने उनले बताए । दुवैतिर ५०÷५० प्रतिशत सम्भावना रहेको उनले बताए ।
– एकै समूहको भएकाले मिल्ने सम्भावना कत्तिको छ ?
नेपाली काग्रेसका सभापति एवम प्रधानमन्त्री शेर बहादुर देउवा पर्सामा आउनु भएको छ । एउटै समूहको भएकोले सभापती देउवाले मिलाउदा राम्रो हो । सबैले फेरी दुख पाउदैनन । तर नमिल्ने सम्भावना बढी छ । जो जिते पनि आफनै आउने भएकोले विवादमा किन पर्नु भन्ने देखेर हस्तक्षेप हुदैन भन्ने लाग्छ ।
–अबको दिनमा शेखर लगायत ईतर प्यानल एकै ठाउँमा बस्छन र ?
बिचार सबैको फरक हुन सक्छ तर निर्णय भएकै आधारमा एकै ठाउँमा मत प्रयोग गर्छौ । दुवै समूहले हामीलाई सहयोग गर्न अनुरोध गरी रहेका छन् । लावारिस जस्तै यत्तिकै छाड्दैनौ । खुल्ला निर्णय गरेर एक टिमलाई सहयोग गर्छौ । हामी जता लाग्छौ खुल्लम खुल्ला लाग्छौ र जिताएर देखाउछौ । लुकाछिपी खेल हुदैन ।