कांग्रेस बाराको सभापति पदका लागि दोश्रो चरणको मतदान फागुन २८ गते

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । नेपाली कांग्रेस बाराको जिल्ला सभापति पदका लागि दोश्रो चरणको मतदान फागुन २८ गते हुने भएको छ । मतदान बिहान १० बजेदेखि ३ चन्द्र माध्यमिक बिद्यालयमा तोकिएको नि. जिल्ला निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताउनु भयो ।

सबैभन्दा बढी मत प्राप्त गर्ने कलैया उपमहानगरपालिकाका नगरप्रमुख समेत रहेका राजेश राय यादव र दोस्रो बढी मत प्राप्त गर्ने शम्भु बहादुर बुढाथोकी बीच पुनः मतदान हुन लागेको हो । तेश्रो हुने रामानन्द यादब पक्षले कसलाई समर्थन गर्छ र कसले सभापति पदमा बाजी मार्छ भन्ने सबैको चासोको बिषय भएपनि तेश्रो पक्षले अहिलेसम्म कसलाई समर्थन गर्ने भन्ने निर्णय गरी सकेको छैन ।

शेयर
प्रतिक्रिया
Skip to content