पर्सा । नेपाली काग्रेसका केन्द्रिय सभापति एवम प्रधानमन्त्री शेर बहादुर देउवाले गठबन्धनमा चुनाव लड्ने विषयमा दलहरुसँग छलफल चलिरहेको बताउनु भएको छ । आगामी स्थानीय तहसम्म पनि गठबन्धनले नै निरन्तरता पाउने संकेत गरेका सभापति देउवाले गठबन्धन मिलेर जान सक्ने बताएका हुन् । प्रधानमन्त्री देउवाले सरकारमा सहभागी भएका दलसँग समन्वय गरी गठबन्धनसँग मिली निर्वाचनमा सहभागी भए स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहमा विजय हासिल गर्न सकिने उहाँले बताउनु भयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले हालै संसद्बाट पारित भएको एमसिसी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले एमसिसीबाट प्राप्त हुने रकम ऋण सहयोग नभई अनुदान भएकाले रकमलाई सदुपयोग गर्न सकिए राष्ट्र विकास चाँडै गर्न सकिने बताउनु भयो ।
नेपाली कांग्रेस पर्साले वीरगञ्जमा आयोजना गरेको जिल्ला कार्यसमितिका निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदस्थापना समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चीन र भारतजस्ता विशाल राष्ट्रको बीचमा रहेको नेपालले मुलुकको विकासका लागि दुवै देशको सहयोग र सद्धभाव राखेर सन्तुलित ब्यबहार राख्नु पर्ने बताउनु भयो ।