पर्सा । पर्साको पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियार मन्टु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । नगरप्रमुख रौनियार सहितका नेता कार्यकर्तालाई सभापति शेर बहादुर देउवाले कांग्रेस पार्टीमा स्वागत गर्नु भएको छ ।
कांग्रेस पर्साका नवनिर्वाचित अध्यक्ष जनार्दन सिंह क्षेत्रीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय रमेश रिजाल, अजय चौरसिया, संविधानसभा सदस्य अनिल रुङ्गटा, प्रतिनिधिसभाका पूर्वसदस्य सुरेन्द्र चौधरी लगायतले कार्यक्रममा तीनै तहको निर्वाचनमा कांग्रेसले बहुमत हासिल गर्ने दाबी गर्नु भयो । नगरप्रमुख रौनियार सगै कार्यक्रममा अन्य राजनैतिक दलका नेता कार्यकर्ताहरु समेत काग्रेस प्रवेश गरेका हुन ।