काग्रेस बाराको अब हुने सभापति पदको निर्वाचनमा निजगढको निर्णय एकमुष्ट समर्थन बुढाथोकीमा
निजगढ । नेपाली काग्रेस बाराको अब हुने सभापति पदको निर्वाचनमा निजगढको एकमुष्ट मत शम्भु बहादुर बुढाथोकीलाई पर्ने निश्चत भएको छ ।
नेपाली काग्रेस निजगढ नगर समितिको अगुवाईमा उपलब्ध पदाधिकारी बैठकले शम्भु बहादुर बुढाथोकीलाई समर्थन गर्ने निर्णय गरेको नगर सभापति नबराज तिमल्सिनाले बताउनु भयो । उहाँले पहिलो चरणमा रामानन्द प्यानलमा निजगढबाट गएको मत अब सबै शम्भु बहादुर बुढाथोकीलाई पर्ने निश्चत छ ।
योसगै बिगतमा दुई गुट भएको नेपाली काग्रेस एकठिक्का भएको छ ।
समर्थन गर्ने निर्णय गर्न सिचाई मन्त्री उमाकान्त चौधरीको संम्योजकत्वमा पाँच सदस्यिय समिति
कसलाई समर्थन गर्ने निर्णय गर्न रामानन्द प्यानलको अगुवाई गरेका सिचाई मन्त्री उमाकान्त चौधरीको संम्योजकत्वमा पाँच सदस्यिय समितिले कसलाई समर्थन गर्ने भन्ने निर्णय नगर्दै निजगढले शम्भु बहादुर बुढाथोकीलाई समर्थन गर्ने निणय गरेको हो ।
समितिले शम्भु बहादुर बुढाथोकीलाई समर्थन गरे राम्रै भयो अन्यथा राजेश राय यादबलाई समर्थन गरेपनि हाम्रो समर्थन शम्भु बहादुर बुढाथोकीलाई हुने तिमल्सिनाले बताए । हाम्रो नगरका सबै बसेर निर्णयनै गरी सकेकाले अरुले के गर्छन भन्ने बिषय हाम्रो नरहेको उहाँले बताउनु भयो ।
कसलाई समर्थन गर्ने निर्णय गर्न रामानन्द प्यानलको अगुवाई गरेका सिचाई मन्त्री उमाकान्त चौधरीको संम्योजकत्वमा पाँच सदस्यिय समितिमा रामप्रसाद चौधरी , मुकेश कुश्वाहा, रामानन्द यादब, राजेन्द्र यादब र लालबाबु सिंह रहेका छन् ।
यो समितिले आज कसलाई निर्णय गर्ने भन्ने निर्णय गर्ने बताईएको छ । निर्वाचन भोली शनिबार बिहान १० बजे देखि हुदैछ ।