निजगढ । निजगढ नगरपालिकाको सहयोगमा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपाले अपाङ्गता भएका बालबालिकाहरुको लागि स्वास्थ्य परिक्षण शिविर संचालन गरेको छ ।
केन्द्रले हातखुट्टा कमजोर भएका,शरीर बाङ्गीएका, कुपोषणका कारण शारीरिक रुपमा सामान्य अपांग भएका बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरेकोहो ।
निजगढ नगरपालिकाको आर्थिक सहयोगमा संचालित शिविरमा अपाङ्ग सहायता सामाग्री समेत वितरण गरिएको थियो । कार्यक्रममा निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले नगरपालिकाले अपांगता भएका व्यक्तिहरुको सहजताको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताउनु भयो ।
यसअघि देखि अपाङमैत्री नगर बनाउने उद्धेश्यले पुर्ण रुपमा अपांगता भएका व्यक्तिहरुलाई नगरपालिकाले घरमै पुगेर परिचयपत्र वितरण समेत गर्दै आएको छ । नगरपालिकाका नगरप्रमुख खनालले उनिहरुले प्राप्त गर्ने सेवा सुविधाहरुमा सबैको ध्यान जान नसक्ने भएका हुदा नगरले स्वास्थ्य सेवा उपलब्ध गराएको बताउनुभयो ।
स्वास्थ्य परिक्षण शिविरमा सामान्य उपचार सङ्गै आवश्यक थप उपचारको लागि बनेपास्थित अस्पतालमा शल्यक्रिया सहितको निशुल्क व्यवस्था गरिएको छ ।