आज हुने भनिएको काग्रेस बाराको निर्वाचन निर्वाचन अधिकृत सम्र्पकविहिन भएपछि अन्यौल

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । नेपाली काग्रेस बाराको आज हुने भनिएको दोश्रो चरणको निर्वाचन अन्यौल बनेको छ । नि. जिल्ला निर्वाचन अधिकृत राजकुमार उप्रेती सम्र्पकविहिन भएपछि निर्वाचन अन्यौल बनेको हो । निर्वाचन यस अघि आज शनिबार १० बजेका लागि तय भएको थियो ।

१० बजेसम्म पनि नि. जिल्ला निर्वाचन अधिकृत उप्रेती सम्र्पकविहिन भएपछि निर्वाचन हुने वा नहुने अन्यौलता बढेको हो । सभापति पदका उम्मेदबार राजेश राय यादब, तेश्रो भएका रामानन्द यादब र सिचाईमन्त्री उमाकान्त चौधरी एक भएपछि निर्वाचनमा हारिने डरले निर्वाचन रोक्न खोजेको भएपनि आजै अरु निर्वाचन अधिकृतहरुको सहयोगले निर्वाचन गर्ने तयारी भईरहेको खानेपानी तथा सिचाई मन्त्री उमाकान्त चौधरीका निकट मानिने कृष्ण चौधरीले बताए ।

यता सभापति पदका अर्का उम्मेदबार शम्भु बुढाथोकीले हिजो बेलुका देखिनै अधिकृत उप्रेतिले पैसा कम भएको र पैसा नदिए निर्वाचन गर्न नसक्ने बताएका भएपनि रकम अभावका कारण नि. निर्र्वाचन अधिकृत निर्वाचनको समय १० बजेसम्म सम्र्पक विहिन भएका कारण आज हुने भनिएको भनिएको निर्वाचन अन्यौल भएको बताउनु भयो ।

उहाँले मतपत्र हस्ताक्षर गर्ने निर्वाचन अधिकृतनै नभएपछि निर्वाचन हुने सम्भावना नरहेको उनले बताए । सभापति पदका उम्मेदबार एक पक्षले पछाडी सार्न र अर्को पक्षले निर्वाचन गराउन दबाब दिएपछि दबाब थेग्न नसकेर नि. जिल्ला निर्वाचन अधिकृत उप्रेती सम्र्पकविहिन भएको बताईएको छ । दुई पक्षबिच बिवाद हुदा झडप हुने डरले अधिकृत उप्रेति सम्पर्क बिहिन भएको निर्वाचनमा खटिने एक कर्मचारीले बताए ।

अधिकृत उप्रेतीले अर्का अधिकृत कमलेश्वर यादबलाई अधिकार दिए नदिए र मतपत्रमा हस्ताक्षर भए नभएको जानकारी अहिलेसम्म भई नसकेको र एका पक्ष निर्वाचन गराउने तयारीमा रहेका र अर्को पक्ष बहिस्कार गर्ने तयारीमा रहेकाले अहिल्यै केही भन्न नसकिने पत्रकार सिकेन्द्र पासवानले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content