कलैया । नेपाली कांग्रेस बाराले आज नयाँ सभापति पाउने भएको छ । सबैको चासोका साथ हेरिएको नेपाली काग्रेस बाराको सभापति पदको सम्पन्न मतदान पछि आजै राती आठ बजेदेखि मत गणना हुदैछ ।
नेपाली काग्रेस बाराका धेरै नेता कार्यकर्ताको ईज्जत र प्रतिष्ठा बनेको काग्रेस बाराको निर्वाचनको आजको परिणामले काग्रेस संस्थापन देउवा समूहलाई भने दुई चिरा बनाएको छ ।
देउवाको विश्वासपात्र मानिएका सहमहामन्त्री फर्मुला मन्सुर र पुर्व केन्द्रिय सदस्य राधेचन्द यादब खुलेर कित्ताकाटमा लागेपछि बारामा आउने दिनमा काग्रेस बारामा तित्तता बढेर जाने र यसले आगामी निर्वाचनलाई समेत असर पार्ने बिश्लेषण हुन लागेको छ ।
बिहान ८ बजे देखि भएको मतदान बेलुका ५ः३० बजे सम्म मतदान भएको थियो । मतदानमा २४०८ मत खसेको मुख्य निर्वाचन अधिकृत गंगेश्वर अधिकारीले बताएका छन् । क्षेत्र नम्बर एक मा ६३२ , क्षेत्र नम्बर दुई मा ६८४, क्षेत्र नम्बर तीन मा ५८७, क्षेत्र नम्बर चारमा ५०५ गरि २४०८ मत खसेको हो ।
शुक्रबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने राजेश राय यादव र शम्भु बुढाथोकी बीच दोस्रो चरणको मतदान आज भएको थियो ।