कलैया । नेपाली कांग्रेस बाराको सभापतिमा राजेश राय यादब विजयी भएका छन । सभापति चयनका लागि दोश्रोपटक भएको मतदानको मतगणनामा ५२ मतको अन्तरले यादब बिजयी भएका हुन ।
राजेश राय यनदबले १२०६ मत ल्याउदा शम्भु बुढाथोकीले ११५४ मत ल्याउन सफल भएका हुन । यादबले क्षेत्र नं १ मा २४१ , २ मा ३९८, ३ मा २८० र ४ मा २८६ मत पाएका हुन । यता बुढाथोकीले १ मा ३८८, २ मा २६८, ३ मा २९२ र ४ मा २०६ गरी ११५४ मत ल्याएका हुन ।