बारा — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसका नेता हुँ भनेर मधेसका नेताहरुले जनता अल्मल्याएको बताउनु भएको छ । उहाँले जनतालाई भ्रममा पारेर आफनो खल्ती भर्ने क्रम जारी रहेसम्म विकास हुन नसक्ने बताउनु भएको छ । त्यसैले मधेसका नेताहरुले मधेसको विकास गर्न नसकेका हुन पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले बताए ।
नेकपा एमाले बारा जिल्ला समितिले आदर्श कोतवालको जयनगर चिउँटाहामा शनिबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै तराई–मधेसको विकास गर्न इच्छाशक्ति भए पुग्ने बताए । खल्तीमा मुद्रा बोक्ने पार्टीले बिकास गर्न नसक्ने बताउदै उहाँले तराई – मधेसको विकास गर्न पहाडको जस्तो अफटेरो पहरो खन्नु नपर्ने बताउदै ‘मधेसमा माटो खन्नेर सडक पुर्ने, ग्राभ्रेल गर्ने र कालोपत्रे गरे हुन्छ । तरपनि मधेसको विकास मधेसका नेताले गरेनन् उनले बताए ।
मधेस सरकारको असहयोग र मधेसी पार्टीबाट विकास सम्भव नदेखेकोले एमाले प्रवेश गरे – अध्यक्ष अन्सारी
ओलीले च्युँटाहा माध्यमिक विद्यालय बनाएका स्थानीय रामचरित्र जयसवारको सालिकमा माल्यार्पण गर्दै आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अंसारी सहितका जनप्रतिनिधि र अन्य पार्टी परित्याग गरेकाहरुलाई एमालेमा प्रवेश गरेका हुन् ।
आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारीसहित ५ जना जनप्रतिनिधिहरु नेकपा एमालेमा प्रवेश गरेका हुन। पार्टी अध्यक्ष केपी शर्मा ओलीले टीका र माला लगाई प्रवेश गराएका हुन् । अन्सारी जसपाबाट अध्यक्ष निर्वाचित भएका थिए ।
अध्यक्षअन्सारीले मधेस सरकारको असहयोग र मधेसी पार्टीबाट विकास सम्भव नदेखेकोले जनता समाजवादी पार्टी त्यागेर एमाले प्रबेस गरेको बताएका छन् । एमाले बाराले भने एक हजार नेता कार्यकर्ता भित्रयाउने भन्दै आएका थिए । उनीसहित माओवादी र अन्य पार्टीका चार जना वडाध्यक्षहरु एमाले प्रवेश गरेका हुन् । माओवादी आदर्श कोतवाल गाउँपालिका अध्यक्ष राकेश यादवलगायत एमाले प्रवेश गरेका हुन् ।
वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी एमालेमा प्रवेश
जनता समाजवादी पार्टी जसपाका केन्द्रीय सदस्य एवम वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी शनिबार नेकपा एमालेमा प्रवेश गराएका थिए । नेकपा एमालेको कमजोर रहेको मधेशमा एक पछि अर्को एमालेमा पार्टी प्रबेश गरेका ओलीले मधेसलाई बलियो बनाउन खोजेको बिश्लेषण हुन थालेको छ ।
वीरगंजमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले मेयर सरावगीसहित २ वडाध्यक्ष पनि एमालेमा भित्र्याएका छन् । गत पुसमा नै पर्साका युवा नेता राजेशमान सिंहलाई एमालेले भित्र्याएको थियो । केही समय अघि जगनाथपुरका मेयर जालिम मियाँलाई एमालेले भित्र्याएको थियो । एमाले बाराका जिल्ला अध्यक्ष बिनोद साहको अध्यक्षतामा भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्यहरु, जिल्लाका नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।