घारे माहुरीले टोकेको र गंम्भीर घाइते २५ जना विद्यार्थी उपचारपछि घर फर्किए

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 894 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । बाराको निजगढमा कक्षा कोठामा अध्ययन गरिरहेको अवस्थामा घारे माहुरी अचानक पसेर चिलेपछि घाइते बनेका वडा नम्बर ४ स्थित जनकल्याण आधारभूत विद्यालयका सबै विद्यार्थीहरु उपचारपछि घर फर्किएका छन ।

माहुरीले टोकेर घाइते बनेका २ दर्जनभन्दा बढी विद्यार्थीलाई निजगढस्थित सामुदायिक अस्पतालमा राखेर उपचार गरिएको थियो । अधिकांश घाइतेलाई सोमवार नै घर पठाइएको र गंम्भीर घाइते ४ जनालाई पनि रिफर गरिएको अस्पतालले जनाएको छ ।

घारे माहुरीले विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीसमेत गरी १ सय ५० जनाभन्दा बढीलाई सोमवार बिहान ११ बजे टोकेको र गंम्भीर घाइते २५ जना विद्यार्थीलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नु परेको विद्यालयका प्रधानाध्यापक मधुसुधन अधिकारीले बताउनु भयो ।

घरघरबाट आएका अभिभावक र शिक्षकले उद्धार गरेर विद्यार्थीहरुलाई अस्पताल पुर्याएका हुन । बाहिर चौरमा निस्किएकी एकजना छात्रालाई टोकेपछि उनीसंगैभित्र पसेको मौरीको घारले विद्यालयका अन्य विद्यार्थी र शिक्षकलाई पनि टोकेको थियो । ठूलो संख्यामा आएका मौरीले विद्यार्थीलाई अचानक टोक्न थालेपछि विद्यालयमा केहीबेर भागदैड मच्चिएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content