जनयुद्धका ६० जना शहिद परिवारहरुको सम्मान तथा एक–एक लाखको चेक हस्तान्तरण

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.5k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । मधेशी सहिद प्रतिष्ठान , आन्तरिक मामिला तथा सुचना संचार मंत्रालय , मधेश प्रदेशले जनयुद्धका शहिद परिवारहरुको सम्मान तथा चेक हस्तान्तरण कार्यक्रमको आयोजना गर्दै ६० जनालाई एक–एक लाख प्रदान गरेका छन् ।

आन्तरिक मामिला तथा सुचना संचार मंत्री भरत साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पुर्व मंत्री तथा नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले जनयुद्धका ६० जना सहिद परिवारहरुलार्इ सम्मान पत्र र प्रति सहिद परिवारलाइ एक – एक लाखको चेक प्रदान गर्नुभयो । प्रमुख अतिथि यादबले जनयुद्धका शहिदहरुको योगदानका बारेमा बताउनु भएको थियो ।

अहिलेका सम्पुर्ण उपलब्धिहरू जनयुद्धका सहिदहरूकै देन भएकाले सहिदका परिवारजनहरूले गर्व गर्नुपर्ने पूर्व मन्त्री यादवले बताउनुभयो । बाराको सिमरा प्याराडाइज होटेलमा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य गोपाल ठाकुर, जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य क्षेत्र बहादुर श्रेष्ठ अनिल, संविधान सभा सदस्य जयराम दाहाल, केन्द्रिय सदस्य उद्धव पोख्रेल, प्रदेश सदस्य राजन पौडेल, गीता कँडेल लगायतको सहभागिता रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content