बारा टागियाबस्तीमा १० हजार मानिस अन्धारोमा बस्दै आएपनि अब बस्न नपर्ने – उर्जा मन्त्री भुषाल

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.3k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ अन्तराष्ट्रिय विमानस्थल बन्ने चर्चासगै अन्धायारोमा रहेको बाराको टांगियाबस्तीमा अन्तत बिधुतिकरण हुने भएको छ । । घोषणा गर्न बारा टागियाबस्ती आउनुभएका माननीय उर्जा सिंचाइ तथा जलश्रोत मन्त्री पंम्फा भुषालले बिधुतिकरण गर्न २ करिड ५८ लाखको टेण्डर समेत खुलिसकेको बताउनु भएको छ ।

उहाँले १७०० घरधुरी बिधुतीकरणबाट बञ्चित हुनु भनेको अचम्मको लागेर तत्काल काम शुरु गरेकोमा अहिले आएर सार्थक परिणाममा पुगेको बताउनु भयो ।

उहाँले निजगढ अन्तराष्ट्रिय बिमानस्थलको काम अघि बढदै गरेपनि जति दिन बस्नु हुन्छ उनीहरुको मौलिक अधिकार भएकोले बिधुतीकरण प्राथमिकताका साथ काम अघि बढेको बताउनु भयो । झण्डै १० हजार मानिस अन्धारोमा बस्दै आएपनि अब बस्न नपर्ने उहाँले बताउनु भयो ।

कार्यकारी निर्देशक कुलमान घिसिङले आफुले यस अघि आउदा उर्जा मन्त्री सहित जाडै टागियाबस्तीमा बिधुतिकरणको सन्देस लिएर आउने प्रतिबद्धता पुरा गरेको बताउनु भयो ।

आफुले तीन बर्ष अघिदेखि प्रयास गर्दा पनि नभएको भएपनि यसपटक उर्जामन्त्रीको बिशेष पहलमा काम हुन सकेको समेत बताउनु भयो । कार्यक्रममा उर्जा सचिव देवेन्द्र कार्की, विधुत प्रदेश निर्देशक, सिमरा बितरण केन्द्र प्रमुख, वडाअध्यक्ष केदार बजगाई लगायत माओवादी नेता युवराज भट्टराई समिर क्षेत्र व.श्रेष्ठ अनिल , राजन पौडेल गिता कडेल लगायतको उपस्थिति रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content