कलैया । नेपाली काग्रेस बाराको पदाधिकारीहरुको मतगणना भई रहेको छ । बारा क्षेत्र नं. १ र २ को मत गणना सम्पन्न भएको छ । मत गणनामा उपसभापति पदका मनोज भट्ट ४६२ मतकासाथ अग्रस्थानमा छन भने अमिरीलाल राउत ४५३ मतकासाथसगसगै छन् । त्यस्तै अजय कुमार साह ३९७, यमुना प्रसाद कानु ३९२, देवेन्द्र उपाध्याय ३८०, पेमासिद्धि लामा ३७१ मत ल्याएका छन ।
जिल्ला सचिव पदमा भैयाराम यादब ५६२ मतकासाथ अग्र स्थानमा छन भने राजेन्द्र जैसवाल ४४२दोश्रो र तृतियमा राजेश रौनियार ४२७, रामेश्वर यादव ३५०, अब्दुल हकिम ३२५, विजय प्रकाश साह ३११ मत ल्याउन सफल भएका छन् ।
सहसचिबमा सबैभन्दा बढी प्रमोद प्रसाद यादब ५०८, कृष्णदेब प्रसाद जैसवाल ४७८, नारायण प्रसाद अधिकारी ३६५, श्रवण चौधरी ३५९ राजेश कुमार सिंह ३३७, सोभिलाल प्रसाद मण्डल ३२१ मत ल्याउन सफल भएको निर्वाचन अधिकृतले जनाउनु भयो ।