सुर्तीजन्य पदार्थ नियन्त्रणमा निजगढ नगरपालिकाको १० बुद्धे प्रतिबद्धता

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.2k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ नगरपालिका बाराले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न आज निजगढ नगरपालिकामा १० बुद्धे प्रतिबद्धता जनाएको छ ।

निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनाल र राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रका निर्देशक शुशिलराज शर्माबिच १० बुद्धे प्रतिबद्धतामा हस्ताक्षर गर्दै पत्र आदान प्रदान गरेका हुन ।

यो प्रतिबद्धता गरेसगै अब निजगढ नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुले सुर्तीजन्य पदार्थ सेवन नगर्ने भएका छन् । त्यसैगरी सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनको लागि ब्यापक अभियान संचालन गर्ने प्रतिबद्धता ब्यप्त गरेका छन् ।

नगरपालिकाका सबै सार्वजनिक संस्थाहरुमा सुर्तीजन्य पदार्थ निषेध गर्ने, सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि बेचबिखन गर्न पाउने ब्यबस्था गरिएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनको अध्ययन अनुसन्धान गर्दै जाने, सरोकार निकायबिच अन्तृक्रिया गर्ने, सुर्तीजन्य पदार्थ सम्बन्धी कानुन निर्माण गर्ने, अनुगमन निरीक्षण र सुपरभिजन गर्दै निजगढलाई सुर्तीजन्य पदार्थ रहित पालिका घोषणा गर्ने लगायतका १० बुद्धे प्रतिबद्धतामा हस्ताक्षर गरिएको हो ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रले जनप्रतिनिधिहरु र सञ्चारकर्मीहरुबिच आजै अन्तृक्रिया कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रका निर्देशक शुशिलराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख खनालले सुर्तीजन्य पदार्थ नियन्त्रण गरी नागरिकका स्वास्थ्य र जीवनस्तर उकास्न प्रयास गर्ने बताउनु भयो ।

कार्यक्रममा वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक भक्त वहादुर केसीले नेपालमा हरेकबर्ष २७,१३७ मानिस सुर्तीजन्य पदार्थका कारण मृत्यु हुने गरेको बताउनु भयो । उहाँले कुल मृत्युको १५ प्रतिशत सुर्तीजन्य पदार्थका कारण मृत्यु हुने गरेको बताउनु भयो । त्यसमा पनि सबैभन्दा बढी २८ प्रतिशत सुर्तीजन्य पदार्थका कारण मुटु सम्बन्धि रोगले मृत्यु हुने गरेको बताउनु भयो ।

उहाँले सुर्य नेपालले मन्त्रालयको निर्देशन अटेर गरी ९० प्रतिशत चुरोटको खराबी बारे सन्देस चित्र बट्टामा राख्नु पर्ने भएपनि नराखी रहेको बताउनु भयो । सुर्य नेपालले पटक पटक अटेर गरेर आफु खुशी कोरोनामा सिलिन्डर बितरण गरेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले सुर्तीजन्य पदार्थका कारण मृत्यु हुने गरेकोले आफु मात्र नभई अरुलाई पनि सन्देस प्रवाह गर्नुपर्ने बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content