मकवानपुरबाट २ सय २९ किलो गाँजा बरामद

तराइ संचार
तराइ संचार 752 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

हेटौँडा । प्रहरीले मकवानपुरबाट आज ठुलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ ।
प्रहरीले मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर ९ ढुङ्गेन नजिकै भित्री बाटोको छेउ खोल्सीमा लुकाई छिपाई राखेको अवस्थामा ९ बोरा गाँजा बरामद गरेको हो । ९ बोरामा १८ वटा बण्डल बनाएर लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताए । उक्ता गाँजामा संलग्नहरुको खोजिकार्य भैरहेको समेत प्रहरीको भनाई रहेको छ । खबरब्रेक

शेयर
प्रतिक्रिया
Skip to content