कलैया । नेपाली काङ्ग्रेस बाराको पदाधिकारीमा निर्वाचित सभापति राजेश राय यादब समुह निल बनेको छ ।
सभापतिमा दोश्रो चरणमा पराजित शम्भु बहादुर बुढाथोकी समुहले बच्र्चस्व बनाएको छ । पदाधिकारीहरुको अन्तिम मतगणना सार्वजनिक भएसगै बुढाथोकी समूहलाई राहत मिलेको छ । यो समुहले छ पदाधिकारी मध्ये चारमा बाजी मारेपछि राहत मिलेको हो ।
जसमा सभापतिमा बिजयी भएका राजेश राय यादब समुह निल भएको छ भने रामानन्द समुहबाट दुई पदाधिकारी निर्वाचित भएका छन् । उप–सभापति , सचिव र सह–सचिवहरुको मतगणना सार्वजनिक भएको हो । रामानन्द समुहबाट निर्वाचित भएका दुई पदाधिकारी भट्ट र रौनियार समेत दोश्रो चरणमा बुढाथोकी समुहलाई सहयोग गरेका हुन । यो हेर्ने हो भने बुढाथोकी समूहको पदाधिकारीमा सभापति बाहेक एकलौटी बाजी मारेका छन् ।
उप–सभापतिमा मनोज भट्ट र अमिरिलाल राउत निर्वाचित भएका छन् । उप–सभापति भट्टले ९८० मत प्राप्त गरेका छन भने राउतले ७४३ मत ल्याएका छन् । भट्ट रामानन्द प्यानलबाट उम्मेदबार बनेका हुन भने राउत बुढाथोकी समूहबाट उम्मेदबार बनी बिजयी भएका हुन ।
सचिवमा भैयाराम यादव र राजेश रौनियार निर्वाचित भएका छन् । सचिवमा विजय भएका यादवले ८७९ र रौनियारले ८०७ मत ल्याएका छन् । यादव बुढाथोकी समूह र रौनियार रामानन्द समूहबाट उम्मेदबार बनेका हुन ।
त्यस्तै सह–सचिवमा कृष्ण देव प्रसाद जयसवाल र प्रमोद प्रसाद यादव निर्वाचित भएका छन् । सह–सचिवमा विजय भएका जयसवालले ७८० र यादवले ७७६ मत ल्याएको मुख्य निर्वाचन अधिकृत गंगेश्वर अधिकारीले बताउनु भयो । यादव र जैसवाल दुवै बुढाथोकी समूहका उम्मेदबार हुन ।
निर्वाचित र त्यस्तै पदाधिकारी को नतिजा सार्वजनिक भए संगै अब सदस्यहरुको मतगणना होलि पछी हुने मुख्य निर्वाचन अधिकृत गंगेश्वर अधिकारीले बताउनु भयो । ।