बारामा तेल ट्यांकरमा आगोलागी हुदा एकको मृत्यु एक घाईते

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.4k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगन्जमा आयल निगम भित्र पार्किङ गरी राखेको ना.४ ख. २६५६ नं. को पेट्रोल ट्यांकरमा हिजो बिहिबार आगलागि हुदा एकको मृत्यु हुनुको साथै एक घाईते भएका छन ।

घाईते हुनेमा ट्यांकरको सह–चालक सोही ठाउँ बस्ने वर्ष ३० को लक्ष्मण श्रेष्ठको शरीरमा जलेको,अवस्था गम्भीर रहेकोले सिमरामा उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल काठमान्डौमा पठाईएकोमा उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, नेपाली सेना र आयल निगमको दमकलको सहायता बाट उक्त आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । ट्यांकरको अगाडिको क्याबिनको भाग क्षति भएको र उक्त आगो निभाउने क्रममा भारत गोरखपुर घर भइ आयल निगममा इलेक्ट्रीसियनको काम गर्ने वर्ष २५ को रामलखन प्रजापति सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बारले जनाएको छ ।

घाइतेको अल्पाइन अस्पताल सिमरामा उपचार भइरहेको र ट्यांकर सोहि स्थानमानै रहेकोले ई.प्रका अमलेखगन्जमा ल्याउने पहल भइरहेको जनाईएको छ ।

आगलागि हुदा मानव बस्तीनै दुर्घटनामा पर्ने भन्ने चिन्ता थपिएको छ –वडाअध्यक्ष कृष्ण शाही ठकुरी

     घटना भईपरी आउने भएपनि ठुलो घटनाबाट जोगिएको र सुरक्षा निकायको तत्कालै काम गर्न सकेको कारण पुरै गाउ जोगिन पाएको वडा नं. २१ का वडाअध्यक्ष कृष्ण शाही ठकुरीले बताउनु भएको छ ।

थाहापाउने जति भागाभागको अबस्था बनेको भएपनि आयलनिगमको र सबै सुरक्षानिकायको कारण बचेपनि नेपालकै ठुलो इन्धन डिपो अमलेखगन्जमा आगलागि हुदा मानव बस्तीनै दुर्घटनामा पर्ने भन्ने चिन्ता थपिएको छ । वडाअध्यक्ष ठकुरीले अबका दिनमा साइरन हेड गाउँले सुन्ने गरी हुनुपर्ने बताएका छन् ।

आगोलागि जस्तो भयानक दुर्घट्नाबाट बच्न नेपाल आयलनिगम् ले अझै चुस्त दुरुस्त संयन्त्र बनाउनु पर्ने साथै नेपाल आयल निगमले अत्याधुनिक अवस्थाको एम्बुलेन्सको ब्य्वस्था समेतगर्नुपर्ने ठकुरीले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content