मोटरसाईकलले ठक्कर दिदा एक बालकको मृत्यु, सहमतिपछि सडक अबरोध हटयो

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.4k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । बाराको जितपुर सिमरा उ.म.न.पा. १८ मानवत मटिअर्वा सडक खण्डको मोती चौकमा एक मोटरसाईकलले ठक्कर दिदा सोही स्थान निवासी केशब थापा मगरको छोरा ४ बर्षिय रोहन थापा मगरको मृत्यु भएको हो ।

बाटो क्रस गर्ने क्रममा कलैया बाट पिलुवा तर्फ जादै गरेको नम्बर नखुलेको निलो कालो अपाचे मोटरसाईकलले ठक्कर दिदा उनको मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल फरार भई पिलुवा तर्फ भागेको प्रहरीले जनाएको छ । गम्भीर घाईते भएका बालक थापालाई उपचारको लागि न्युरो अस्पताल बिरगंज पठाइएको भएपनि बिहिबार राती ९ः३० बजे मृत्यु भएको हो ।

मृतक लास आफन्तले बुझी ल्याई ठक्कर भएकौ स्थान मोति चोकमा बाटोमा मुढा तेर्स्याई बाटो अवरोध गरेकोमा प्रहरीको सकृयतामा चार बुद्धे सम्झौप्ता भई सडक सुचारु भएको प्रहरीले जनाएको छ ।

तत्काल वडा कार्यालयले जितपुरसिमरा उपमहानगरपालिका मार्फत पिडित पक्ष लार्इ क्रिया खर्च उपलब्ध गराउने, एक हप्ता भित्र उक्त स्थानमा ३ थान सिसि क्यामेरा जडान गर्ने, उक्त स्थानमा निरन्तर रुपमा ट्राफिक सहितको चेकिंङ राख्ने , सवारी साधनको स्पीड कन्ट्रोल राख्ने बारे छलफल गर्ने सहमति सहित सडक खुलेको हो ।

प्रहरी ,जनप्रतिनिधि र स्थानीय बीचमा भएको छलफलले फरार मोटरसाइकलको खोजीमा तिब्रता दिने , टिपर आतंक न्यूनीकरण गर्ने, जितपुरसिमरा १८ का वडा अध्यक्ष अर्जुन प्रसाद दाहालले पिडित परिवारलाई किरिया खर्च उपलब्ध र सडकमा सिसि टिभी क्यामरा राख्न पहल गर्ने सहमति भएको मृतक बालकका हजुरबुबा पीडित लालबहादुर थापाले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content