तराई मधेसमा हर्षोल्लासकासाथ रङको पर्व होली मनाईदै

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.9k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय
Devotees sing and dance as flower petals and colors are thrown as they celebrate puspa holi to mark the Gaura Purnima festival at ISKCON in Budanilkantha, Kathmandu on Thursday. The festival is celebrated to mark the day when Lord Krishna changed his color to golden and advent as Gauranga. March 21, 2019. PHOTO/SANJOG MANANDHAR

बारा । रङको पर्व होली आज यहाँ हर्षोल्लासका तराई मधेसमा मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व सबैको साझा पर्वकोरुपमा मनाउन थालिएको छ । मधेसमा यो पर्व तीन दिन मनाउने गरिएको छ ।

होली विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ । होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी समेत सामेल हुने गरेको पाइएको छ । केही मुसलमान समुदायका युवाले होली मनाउने समूहसँग मिलेर पर्व मनाउने गरेका छन् ।

रङहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रङ्गिएर उल्लासपूर्वक वातावरणमा नाचगान रमाइलो गर्ने चलन छ । यस पर्वका लागि बजारमा फलफूल, मासु, रङ र अबिरको बिक्री बढेको पाइएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content