निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने

तराइ संचार
तराइ संचार 866 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाडौं । स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने भएको छ । आयोगले सार्वजनिक गरेको निर्वाचन आचारसंहिता, २०७८ मा स्थानीय जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ । यो आचारसंहितासगै अब फेरी स्थानीय तहमा दोहोरयाउन खोज्ने सबै जनप्रतिनिधिहरुले उम्मेदबारी अघिनै राजिनामा दिनु पर्ने भएको हो ।

आचारसंहिताको दफा ३६ मा राजीनामा गर्नुपर्ने उल्लेख गरिएको छ । जनप्रतिनिधिले उम्मेदवारको मनोनयन अगाडि नै राजीनामा दिनुपर्ने भनिएको छ ।

‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेको निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नु अगावै वहाल रहेको पदबाट राजीनामा गर्नुपर्नेछ’, आचारसंहिताको दफा ३६ मा भनिएको छ ।

कसैले आचारसंहिता उलंघन गरी राजिनामा नदिईकनै उम्मेदबारी दिए उजुरी दिन सक्ने आचारसहितामा उल्लेख छ ।

निर्वाचन आचारसंहिता, २०७८

 

 

निर्वाचन आचारसंहिता, २०७८

 

 

 

शेयर
प्रतिक्रिया
Skip to content