काठमाडौं — स्थानीय तहको हुन लागेको निर्वाचनको लागि उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते हुने भएको छ । योसगै हाल बहाल रहेका जनप्रतिनिधि पुन उम्मेदबारी दिन बैशाख ११ गते अगावै राजिनामा गर्नुपर्ने लगायतका आचारसहिता यस अघिनै सार्वजनिक गरी सकेको छ ।
निर्वाचन आयोगले आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते हुने जनाएको हो ।
सार्वजनिक कार्यतालिका अनुसार उमेदवारको विरोधमा वैशाख १३ गते उजुरी दिन सकिनेछ भने बैशाख १५ गते उमेदवारको नामावली प्रकाशन गर्ने, १६ गते साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिने र सोही दिन साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेगरी कार्यतालिका बनाएको हो ।
बैशाख १७ गते चुनाव चिह्न प्रदान गर्ने र आगामी वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।