कलैया । बाराको कलैयामा होलिको दोश्रो दिन शुक्रबार बेलुका धारिलो हतियार प्रहारमा एक गम्भिर घाईते भएका छन् । कलैया उपमहानगरपालिका वडा नम्बर ३ बैधनाथपुर बस्ने बर्ष २२ को संजय तिवारीलाई सोही ठाउँ बस्ने बर्ष २३ को लहबर यादबले धारीलो हतियारले घाटिमा पछाडी बाट प्रहार गरेका थिए ।
उक्त धारिलो हतियार प्रहार पछी घाइते तिवारी लाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा समान्य उपचार पश्चात थप उपचारको लागि न्यूरो अस्पताल बिरगंज पठाइएको प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए । उनको उपचारमा दाइ संजिब तिवारी संलग्न रहेको समेत थापाले बताए ।
यता प्रहरी ले धारिलो हतियार प्रहार गर्ने लहबर यादव लाई हिजै राती पक्राउ गरेको छ । घटनास्थल मा प्रयोग भएको हतियार को आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । उनलाई हिरासतमा राखी आवश्यक अनुस्धान कार्य भईरहेको थापाले बताए ।