निजगढ उपमेयर कप महिला फुटबलको उद्घाटन खेलमा रामथली बिजयी

तराइ संचार
तराइ संचार 909 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ उपमेयर कप महिला फुटबल प्रतियोगिता निजगढमा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले नगरपालिकाले फुटबलमा गरेको लगानिको कारण निजगढमा फुटबलको गतिविधिमा वृद्धि भएको बताउनुभयो । नगरप्रमुख खनालले स्थानिय स्तरमा खेलाडी उत्पादन गर्न नगरपालिकाले ग्रास रुट फुटबल सन्चालनको लागी अघि बढेको बताउनुभयो ।

उपप्रमुख लिलादेवी लामिछाने खनालले महिला फुटबलको बिकासमा नगरपालिकाले गरेको प्रयास सफलतातर्फ अघि बढिरहेको जनाउनुभयो । चौतारा युवा क्लवद्वारा आयोजित प्रतियोगिता चैत्र १२ गतेसम्म सन्चालन हुनेछ । प्रतियोगितामा नगर भित्रका विभिन्न सातवटा क्लवहरुले सहभागिता जनाएकाछन ।

उद्घाटन खेलमा वडा नम्बर १२ को रामथलिले बिजयी शुरुवात गरेकोछ । रामथलिले निजगढ फुटबल क्लवलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेकोहो । रामथलिमाथी खेलमा पुर्ण रुपमा हाबी भएको निजगढले कुनैपनि अवसर सदुपयोग गर्न नसक्दा पराजित हुनु परेको हो । ४६ औ मिनेटमा रामथलिले प्राप्त गरेको कर्नर मार्फत निश्चल स्याङतानले गरेको गोल नै रामथलिको जितका लागी पर्याप्त बन्यो । खेलको उत्कृष्ट खेलाडी निजगढ फुटबल क्लवकी दिलमाया लामा भईन । प्रतियोगिता अन्तर्गत आईतबार निजगढ सिटि क्लव र फ्याफुल्ला युवा क्लवबिच प्रतिस्पर्धा हुनेछ ।

 

शेयर
प्रतिक्रिया
Skip to content