बकैया २ तिनथुम्के मकवानपुरमा खानेपानीको हाहाकार

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.3k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । बकैया २ तिनथुम्के मकवानपुरमा खानेपानीको हाहाकार भएको छ । काउसेखोला ग्रामिण सौर्यऊर्जा अन्र्तगत खानेपानी बकैया २ तिनथुम्के मकवानपुरमा २०७१ सालदेखि सन्चालन हुँदै आएको भएपनि पम्प बिग्रीएपछि हाहाकार मच्चिएको हो ।

गत असार महिनादेखि पहिरोले बगाएको पाईप मर्मत भई सञ्चालन भएको भएपनि अहिले बिधुत सर्ट भै प्रयोग भईरहेको २ वटै पम्प विग्रीएपछि ४६ घर परिवार पिउने पानिबाट बञ्चित हुनु परेको स्थानीय नबराज बास्कोटाले बताए ।

खानेपानी नहुदा घण्टै समय लगाएर पानी लिन जाु पर्ने बाध्यता रहेको उनले बताए । कार्तिकदेखिनै यो समस्याबाट स्थानीय मारमा परेपनि समस्या समाधान नभएपछि यही चैत्र १२ भित्र समस्या समाधान नभए १३ गते देखि गाऊँ कार्यपालिका कार्यलयमा धर्ना कार्यक्रम शुरु गर्ने उनले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content