२ सय ९४ पिस लागुऔषध प्रहरी द्धारा बरामद

तराइ संचार
तराइ संचार 462 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान
बारा ।  बारा प्रहरीले कलैया उपमहानगरपालिका वडा नम्बर २० बस्तपुरमा एक घरमा छापामारी गरि लागु औषध बरामद गरेको छ । बस्तपुर प्रहरी चौकीको ईन्चार्जको नेतृत्वमा खटीगएको गस्ती टोलीले बिषेश सुराकीका अधारमा सतेन्द्र साह कानुले आफनो घरमा लुकाई छिपाई राखेको अवस्थामा डाईजोपान, नुरफिन, पेरामोथामिन ९८ । ९८ पिस गरी २ सय ९४ पिस लागुऔषध बरामद गरेको प्रहरी प्रवतmा राजेश थापाले जानकारी दिनुभयो । साह भने फरार रहेको र उनको खोजतालास भईरहेको प्रवतmा थापाले भन्न्ुभयो । उनको घरबाट २ थान मोटर समेत बरामद भएको प्रहरीको भनाई रहेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content