कलैया । चर्को गर्मीसगै बारामा लामखुट्टेको प्रकोप बढेपछि कलैया उपमहानगरपालिका वडा नं. ४ ले लामखुट्टे मार्ने ओैषधी धुवा स्प्रे छर्ने कार्य सुरु गरेको छ । उपमहानगरपालिकाले कलैया वडा नं. ४ ले आफनै बजेटबाट लामखुट्टे मार्ने औषधी छर्ने काम शुरु गरेको वडाअध्यक्ष जटा शंकर सहनीले बताउनु भयो ।
अहिले लामखुट्टेको प्रकोप बढदै सार्वजनिक खुल्ला ठाउमा बस्नै अफठेरो भएपनि स्थानीय तहले औषधी छर्ने काम शुरु गरेका छैनन । सबैले एकै पटक लामखुट्टे मार्ने ओैषधी धुवा स्प्रे छर्ने काम गरिने हो भने प्रभावकारी हुने भएपनि त्यसो हुन सकेको छैन लामखुट्टे एक प्रकारको परजिवि कीरा हो। लामखुट्टेले मान्छे तथा पशुहरूको शरिरको रगत चुसेर एक प्राणीबाट अर्को प्राणिमा विभिन्न प्रकारका रोगहरू सार्ने गर्दछ । लामखुट्टेहरू धेरै प्रजातिका र विषालु हुने भएपछि विभिन्न रोगको प्रकोप ल्याउने गरेको छ ।
गर्मी बढेसँगै लामखुट्टेको प्रकोप पनि बढी रहेको छ । लामखुट्टेको टोकाइबाट कीटजन्य रोग(औलो मलेरिया, डेंगू, जापानिज इन्सेफ्लाइटीस, चिकन गुनीया, हात्तीपाइले लगायत रोग लाग्ने गर्छ । कीटजन्य रोगबाट बच्ने प्रमुख उपाय नै लामखुट्टेको टोकाइबाट बच्नु हो । तपाईँलाई लामखुट्टेले टोकेर हैरान पारेको छ