सिमरा । रिकरभिङ नेपालको मधेस प्रदेश सम्पन्न अधिवेशनले आस्था नेपालका अध्यक्ष गौरव बर्माको अध्यक्षतामा १३ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । लागु पदार्थ प्रयोगकर्तालाई समाजमा पुर्नस्थापना गराउन सक्रिय संस्थाहरुको संगठन रिकरभिङ नेपाल एक सामाजिक संस्था हो ।
कमिटीको महासचिवमा मकवानपुर रिकरभिङ समुह, सर्लाहीका सरोज सिंह, कोषाध्यक्ष सानो पाईलाका प्रतिनिधि राजकुमार तामाङ चयन भएका छन् । कमिटीको बाकी पदहरुमा भने पछि मनोनित गर्ने बताइएको छ । अधिवेशनले निता फाउण्डेशनका विनय तामाङलाई केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरेको छ । प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा तामाङ चयन भएका हुन् । निर्वाचनका लागि दिपु बर्माको अध्यक्षतामा निर्वाचन कमिटी चयन गरेको थियो । कमिटीमा भुषण क्षेत्री र सुशन लामा सदस्य रहेका थिए ।
रिकरभिङ नेपाल प्रदेशका अध्यक्ष सन्तोष थापाको अध्यक्षता र केन्द्रीय सदस्य अजित राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन कमिटी गठन गर्दै लागुऔषध प्रयोगकर्तालाई समाजमा पुर्नस्थापना गराउनका लागि आवश्यक छलफल र रणनिति बनाएको राजकुमार लामाले बताए ।
अधिवेशनमा नयाँ गोरेटो पुर्नस्थापना केन्द्रका राजकुमार लामा, मकवानपुर रिकभरिङ नेपाल बर्दिबासका एलेक्स कार्की, रिकभरिङ नेपाल बाग्मती प्रदेशका सन्दिप शाक्य, विश्वास पुर्नस्थापना केन्द्रका श्यामकुमार तामाङ, राईजिङ नेपालका सुवोध पौडेल, मनिला फाउण्डेशनका आयुश भुजेल, लालिमा फाउण्डेशनका सन्दर्भ आले, माया नेपालका उदयप्रसाद यादव, नयाँ मुस्कानका सन्तोषकुमार ठाकुर लगायतको उपस्थिती रहेको थियो ।
रिकरभिङ नेपाल मधेस प्रदेशका जटाशंकर गिरीको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।