निजगढ । बाराको निजगढमा निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिता चैत्र १२ शनिबार देखि संचालन हुने भएको छ । निजगढ युवा क्लव निजगढको आयोजनामा हुन लागेको प्रतियोगिताको तयारी सम्पन्न भएको आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
निजगढ मेयर कपको यो चौथो संस्करण हो । मधेशका बिभिन्न ८ वटा क्लवहरुको सहभागिता रहेको प्रतियोगिता चैत १९ गतेसम्म संचालन हुने आयोजक निजगढ युवा क्लवले जनाएकोछ । प्रतियोगितामा आयोजक निजगढ सहित बकुलिया फुटबल क्लव बारा, बारा एघार, नवजनजागृति युवा क्लव बारा, बिरगंज युथ एकेडेमी, नेपाल खेलकुद क्लव रौतहट र हरिवन फुटबल क्लव सर्लाहीको सहभागिता रहेको छ ।
निजगढ नगरपालिका मुख्य सहयोगी रहेको प्रतियोगीताको बिजेताले उपाधि सहित १ लाख ५० हजार रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार रुपैंया प्राप्त गर्ने क्लबले जनएको छ ।
प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार रुपैंया प्राप्त गर्नेछन भने विधागत रुपमा उत्कृष्ट गोलकिपर,डिफेन्स,मिडफिल्डर,स्ट्राइकर र उच्च गोलकर्ताले जनही ५ हजार रुपैंया प्राप्त गर्ने पत्रकार सम्मेलन गरी क्लबका कोषाध्यक्ष राज किसोर धामीले बताए ।
पत्रकार सम्मेलनमा सहसचिब निरज कुमर, क्लबका सदस्य बासु कुवर लगायत स्थानीय सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।