कलैया । तराई मधेश लगायत १५ जिल्लाहरुमा भ्रष्टचार हुनेमा बारा जिल्ला फेरी पहिलो बनेको छ । यस अघि पनि बारा पहिलो थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडामाले आज बाराको सदरमुकाम कलैयामा भ्रष्टचार नियन्त्रण तथा स’शासन प्रवद्र्धन सम्बन्धि अन्तिकृया कार्यक्रमको आयोजना गरी यस्तो जनाएको हो ।
दर्ता भएको उजुरीको आधारमा यसबर्ष पनि बारा धेरै भ्रष्टचार हुने जिल्लाहरुमा पहिलो बनेको हो । मकवानपुर, पर्सा, चितवन, रामेछाप, धादिङ, दोलखा, रौतहट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, धनुषा मध्ये बारा फेरी पहिलो बनेको हो ।
आयोगको पछिल्लो निर्णयानुसार रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा गरी जम्मा ११ वटा जिल्लाहरु रहेको छ । आथिआर्थिक बर्ष ०७७÷०७८ मा आएको कुल उजुरी ९२९ मध्ये पहिलो बनेको बारामा मात्र केबल ३०४ उजुरी परेको हो । उजुरीको आधारमा २२० उजुरी परेको मकवानपुर दोश्रो रहेको छ ।
चालु यस आव ०७८÷०७९ मा पनि बारामा ३२६ उजुरी परी एक नंम्बरमा रहेको छ । दोश्रोमा रौतहट ३०३ उजुरी रहेको छ भने तेश्रोमा मकवानपुर २५२ उजुरी परेको छ ।