कलैया । जितपुरसिमरा उपमहानगर भ्रष्टचारमा पहिलो बनेको छ । । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडामाले बुधबार बाराको सदरमुकाम कलैयामा भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तिकृया कार्यक्रमको आयोजना गरी यस्तो जनाएको हो ।
गत आ.व.मा पनि पहिलो बनेको जीतपुरसिमराले यस आवमा पनि सबैभन्दा बढी ४० उजुरी परी पहिलो बनेको हो ।
गत आ.व.मा जीतपुरसिमरा ३६ उजुरी परेर पहिलो थियो । त्यसैगरी गत आ.व. २२ र यस आ.व. पुष सम्म ३२ उजुरी परी कलैया उपमहानगरपालिका दोश्रो बनेको छ । गत आ.व. ११ र यस आ.व. १७ उजुरी दर्ता भई महागढीमाई तेश्रो बनेको छ ।
परवानीपुर गाउपालिकामा यस बर्ष २७ उजुरी परी भ्रष्टाचार हुनेमा चौथो बनेको छ । दर्ता भएको उजुरीको आधारमा यसबर्ष पनि जितपुरसिमरा पहिलो बनेको हो । १५ जिल्लाहरुमा भ्रष्टचार हुनेमा बारा जिल्ला पहिलो बनेको छ भने स्थानीय तहमा जीतपुरसिमरा पहिलो बनेको हो ।