सिमरा ः बाराको सिमरामा आजदेखि जीतपुरसिमरा गोल्डकपको १२औं संस्करणको सुरु हुदैछ । फ्लडलाईटमा हुने खेलको उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले गर्ने कार्यक्रम रहेको आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।
लामाका अनुसार उद्घाटन समारोह ४ः३० बजे सुरु हुनेछ । सिमरा रंगशालामा हुने उद्घाटन खेलमा फ्रेण्डस् क्लब र सुदूरपश्चिम ११ भिड्दैछन् ।
चैत्र १९ गतेसम्म संचालन हुने प्रतियोगितामा ए डिभिजनका पाचसहित प्रतियोगितामा १० टिमको सहभागीता रहनेछ । प्रतियोगितामा फ्रेण्डस् र सुदूरपश्चिमसहित साविक बिजेता संकटा क्लब, एनआरटी क्लब, हिमालयन शेर्पा, एपिएफ एफसी, बिएफसी चितवन, बिजय युथ हेटौडा, वाग्मती युवा क्लब र आयोजक नव जनजागृति युवा सहभागी हुनेछन् ।
प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ । आयोजकले यस वर्ष प्रथम पुरस्कार राशीमा तीन लाख र द्धितीय पुरस्कारमा एक लाख पचास हजार बृद्धि गरेको छ । ११औं संस्करणमा प्रथम पुरस्कार सात लाख र द्धितीय पुरस्कार तीन लाख पँचास हजार थियो ।