नेपाली कांग्रेस बाराबाट निर्वाचित वडा नं. २० का वडा अध्यक्ष रसूल अन्सारी नेकपा एमाले प्रवेश

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 915 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । नेपाली कांग्रेस बारा बाट निर्वाचित जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष रसूल अन्सारी नेकपा एमाले प्रवेश गरेका छन् ।

बालकोटमा अध्यक्ष केपी ओलिद्वारा नेकपा एमालेमा प्रवेश गरेका अन्सारी नेपाली काग्रेस बाराका प्रभावशाली नेताकारुपमा चिनिन्छन । नेपाली काग्रेसका केन्द्रिय सहमहामन्त्री फरमुल्ला मंसुरको नजिकका मानिस भनेर चिनिएका अन्सारी माओवादी आन्दोलनमा निसानामा परेपछि आफनो गाँउ ईनर्वासिरा छाडी सदरमुकाम लामो समय बसेका थिए ।

आत्मसम्मान हुने अबस्था नदेखेर एमाले रोजे –अन्सारी

पार्टी छाड्नुको कारण आफनो समुहका सभापति शम्भु बहादुर बुढाथोकी हारेपछि पार्टीमा अर्को समुहको बच्र्चस्व हुने र आत्मसम्मान हुने अबस्था नदेखेर र स्थानीय कारणले एमाले रोजेको उनले बताए ।

एमाले केन्दिय सदस्य अच्युत मैनाली , नेता राजमहम्मद राय लगायतको उपस्थिति रहेको थियो । बारा लगायत तराईका जिल्लाहरुमा स्थानीय निर्वाचन नजिकिएसगै पार्टी परिवर्तन गर्ने होड चल्दै आएको छ । बढी मधेसवादी पार्टी पार्टी छाड्नेक्रम बढेको छ । काग्रेसबाट अन्यत्र जाने भने रसुल अन्सारी पहिलो हुन ।

शेयर
प्रतिक्रिया
Skip to content