बाराको सिमरा सेजमा नौ उद्योग सञ्चालन आउने, माग बढदो छ – सव ईन्जिनियर भट्ट

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 957 - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

बारा । बाराको सिमरा सेजमा नौ उद्योग सञ्चालन आउने भएका छन् । स्वदेशी लगानीकर्ताहरुले नौ उद्योग सञ्चालन गर्न सिमरा सेजमा प्रस्ताव पेश गरेका हुन् । सिमरा सेजको काम शुरु भएको लामो समय भएपनि उद्योग तथा ब्यापारीहरुले सहुलियत बढाउन भन्दै यस अघि आएका थिएनन । सेजको ६८ मध्ये २७ प्लट बुक भएको छ ।

करीब साढे दुई अर्बको लगानी रहने गरी नौ वटा उद्योगहरुले आवेदनको प्रस्ताव पेश गरेसगै अब सेजमा नौ उद्योग सञ्चालनमा आउने भएको हो । सिमरा सेजले फागन १५ –३० सम्म सुचना प्रकाशन गरी उद्योग सञ्चालनका लागि आब्हान गरेकोमा नौ उद्योग आएको र समय सकिएपनि माग भई रहेको आउन क्रम जारी सिमरा सेजका सव ईन्जिनियर आनन्द भट्टले बताउनु भयो ।

उनले सेजमा जादा उद्योगहरुलाई सजिलो र भन्सार लगायत धेरै बिषयमा छुट पाउने भएकोले सुचनाको समय सकिएपनि उद्योगहरुको माग आईरहेकाले फेरी सुचना प्रकाशन गरिने भट्टले बताए ।

उद्योग सञ्चालनमा आएमा ८ सय बढीले रोजगारी पाउने बताइएको छ । विशेषगरि आर्थिक क्षेत्र सेजले जग्गाको भाडा घटाएसँगै उद्योगलाई चाहिने आन्तरिक सडक, पानी, विद्युत, सुरक्षा, तौलपुल, बैंक, भन्सार, बीमा, प्रशासनिक भवन लगायतका भौतिक पूर्वधारहरु सम्पन्न भएपछि उद्योगीले धमाधम आवेदन दिएका हुन् ।

विशेष आर्थिक क्षेत्र सेजले जग्गाको भाडा घटाएसँगै उद्योगलाई चहिने आन्तरिक सडक, पानी, विद्युत, सुरक्षा, तौलपुल, दूषित पानी प्रशोधन केन्द्र, बैंक, भन्सार, बीमा, प्रशसानिक भवन लगायतको भौतिक पूर्वधारहरु सम्पन्न भई सकेको भट्टले बताए ।

सिमरा भटमासको पिना, तेल, पाम आयल, मेटलका वस्तु, प्लाष्टिक प्रोसेसिङ, सिसा ग्लास लगाएतका उपकरण निर्माण गर्ने उद्योगहरुको प्रस्ताव रहेको भट्टले बताए ।

एसियन राजमार्गसग जोडिएको पथलैया–वीरगञ्ज औद्योगिक करिडोरको मुख्य सडकबाट १ किलोमिटरभित्र रहेको सिमरा सेजमा प्रतावित उद्योगरुहरुले भारत लगायत तेस्रो मुलुकमा निर्यातका लागि उत्पादित वस्तु पैठारी गर्न ढुवानीका कारण छोटो अनि सहज रहेको छ ।

सेज प्राधिकरणले निर्यातजन्य उद्योग स्थापनाका लागि पुर्वाधारको प्रयोग गरी ३० वर्षका लागि भाडामा दिन लागेको जनाएको छ । सेजमा मजदुर युनियन बनाउन नपाईने र सबै सुविधा तथा भन्सारमा बिशेष छुट पाउने भएपछि उद्योगीहरुको आकर्षण सेजमा बढदै गएको छ ।

सेजमा स्थापना भएका उद्योगहरूले ७५ प्रतिशत निर्यात गर्नुपर्ने नियम राखिएको थियो। यो निर्यात सिलिङलाई घटाएर अहिले ६० प्रतिशतमा झारिएको छ। 

बनिसकेका सेजलाई सफल र पूर्ण रुपमा सञ्चालन गर्ने प्रमुख लक्ष्य रहेको भन्दै उनले सिमराका अन्य ४ वटा ब्लकमा सेज निर्माण, सञ्चालन र व्यवस्थापनका लागि निजी क्षेत्रलाई आह्वान गर्ने समेत सेजले तयारी गरेको छ। सिमरा सेजमा ५ वटा ब्लक भए पनि अहिले ब्लक ए सञ्चालन गरिने र अन्य निजी क्षेत्रलाई सञ्चालन गर्न दिने नीति ल्याउने तयारी सेजको छ।  

ब्लक ए सहित सिमरा सेज ८१४ विगामा फैलिएको छ। सरकारले निर्यात प्रवर्द्धन र व्यापार घाटा कम गराउनुका साथै देशमै रोजगारी सिर्जना गर्न ७  प्रदेशसहितका मुलुकभर १४ वटा सेज घोषणा गरेको छ। हालसम्म जम्मा भैरहवा सेज सञ्चालनमा आएको छ, भने सिमरा आउने क्रममा छ।

सरकारले करिब ५ अर्ब लगानी गरेको छ

बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण सिमरामा सरकारले करिब ५ अर्ब लगानी गरेको छ ।

८ सय ३३ बिघा क्षेत्रफल रहेको सिमरा सेजको ‘ए ब्लक’ को ३ सय ४३ बिघामा सडक पूर्वाधार निर्माणमा मात्रै १ अर्ब खर्च भएको छ भने प्रशासनिक, बैङ्क, बिमा, हुलाक, स्वास्थ्य चौकी, भन्सार, बालबालिकाका लागि ‘डे केयर’, सार्वजनिक शौचालय निर्माणमा ४० करोड, दुधौरा खोला तटबन्धमा ५० करोड, पर्खाल निर्माणमा ३० करोड‚ दुधौरा ‘बी ब्लक’ को पर्खाल निर्माणका ८ करोड खर्च भइसकेको छ ।

व्यापार घाटा कम गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले सिमरा सेजमा सुविधा सम्पन्न प्रशासनिक भवन सहित सडक, बैङ्क, बिमा, हुलाक भन्सार, स्वास्थ्य चौकी, बालबालिकाका लागि डे केयर, नदी तटबन्ध, खानेपानी लगायतका भौतिक पूर्वाधार निर्माणमा लगानी गरेको हो ।

गार्मेन्ट प्रोसेसिङ जोन सञ्चालन गर्ने उद्देश्यले सुरु गरिए पनि व्यवसायीले चासो नदेखाएपछि उद्योग मन्त्रालयले सेजमा निर्यातमूलक उद्योगलाई खुला गरेको हो ।

शेयर
प्रतिक्रिया
Skip to content